धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान १२ का ३५ वर्षिय पुरुष रहेको धरान स्थित बीपी कोईराला स्वास्थ विज्ञान प्रतिष्ठानका सह–प्रवक्ता डा. चुडामणी पोखरेलले जनाएका छन् ।
पोखरेलका अनुसार भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएका पुरुषको उपचारका क्रममा प्रतिष्ठानको कोभिड अस्पतालमा आज दिउसो २ बजे मृत्यु भएको हो ।
उनका अनुसार मृतक पुरुषलाई भदौ १० गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।