धरान । धरान–२ मा खुसी आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ ।

प्रेम राई, सम्भव राई र प्रशंसा चौधरीले २२ लाख रुपैयाँको लगानीमा उपचार केन्द्र सञ्चालनमा ल्याएका हुन् । धरानका प्रमुख तिलक राई र धरान १८ का वडाध्यक्ष प्रवीण राईले संयुक्त रूपमा उद्घाटन गरे । केन्द्रमा आउने आँखाका बिरामीलाई एक महिनासम्म चेकजाँचमा निःशुल्क गरिदिने भएको हो । चस्मातर्फ भने ५० प्रतिशत छुट दिने सञ्चालक प्रेम राईले जानकारी दिए । उद्घाटनको अवसरमा ३० जनाले आँखा जाँच गरेका थिए । 

जाँचका लागि आएका अधिकांशको आँखामा कुनै न कुनै खराबी पाइएको डाक्टर आलेख कर्णले जानकारी दिए । डाक्टर कर्णले केही व्यक्तिलाई चस्मा लगाउनुपर्ने भनी सुझाव दिएको बताए । शल्यक्रिया गर्नुपर्ने देखिएकाहरूलाई भने ग्लोबल आँखा अस्पतालसँग समन्वय गरिएको उनले बताए ।