जिल्ला प्रशासन कार्यालय सुनसरीले थप एक साताका लागि निषेधाज्ञाकाे समय अवधि थप गरेकाे छ । कार्यालयले भदौ भाेलिबाट लागु हुनेगरी २२ गते मध्यरातीसम्मका निषेधाज्ञा थप गरेकाे हाे ।
कार्यालयले डिसिसिएमसिको सिफारिश साथै जिल्लामा कोभिड १९ संक्रमणको अवस्था बिश्लेषण गर्दा निषेधाज्ञाको अवधि बढाउनुपर्ने देखिएको जनाएको छ ।
थप भएकाे निषेधाज्ञामा हाल भइरहेकाे व्यावस्थालाई निरन्तरता दिइने कार्यालयले जनाएकाे छ ।
निषेधाज्ञा अवज्ञा गर्नेलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही गरिने जनाउँदै संक्रमण बढ्न गएमा निषेधाज्ञाको व्यवस्थाहरुमा कुनै पनि बेला पुनरावलोकन गर्दै थप कडाई हुने कार्यलयबाट जारी निषेधाज्ञा आदेशमा उल्लेख गरिएकाे छ ।