धरान । धरानमा १९ जनासहित प्रदेश १ मा शनिबार ४८३ जनामा कोरोना संक्रमण भएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार सबैभन्दा बढी सुनसरीमा १२० जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै मोरङमा ७५, झापामा ४०,  पाँचथरमा २१, इलाम र उदयपुरमा ४–४, संखुवासभामा २, धनकुटा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो । 

सुनसरीको इटहरीमा ९३, धरानमा १९, बराहक्षेत्रमा ३, रामधुनीमा २, दुहवी, बर्जु र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ३८, बेलबारीमा १८, केराबारी र सुन्दरहरैचामा ५–५, लेटाङमा ३, कानेपोखरी र पथरीशनिश्चरेमा २–२, बुढीगंगा र कटहरीमा १–१, झापाको दमक र भद्रपुरमा ९–९, गौरादहमा ७, मेचीनगरमा ४, हल्दिबारी र विर्तामोडमा ३–३, शिवसताक्षी र कमल गाउँपालिकामा २–२, बुद्धशान्तिमा १ जना संक्रमण भएको छ । 

पाँचथरको फिदिममा २०, हिलिहाङमा १, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका र देउमाईमा १–१, उदयपुरको चौदण्डीगढीमा ३, बेलकामा १, संखुवासभाको चैनपुर र खाँदबारीमा १–१, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको दिक्तेल रुपाकोटा मझुवागढीमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा शनिबार ४९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २४३ महिला र २५४ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।