संसद् बैठकपूर्व सभामुख अग्निप्रसाद सापकोटा, सांसद, संसद् सचिवालयका कर्मचारी, स्वकीय सचिवालय, मर्यादापालक, पत्रकार गरी ८०१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । हिजो र आज परीक्षण गरिएको हो ।

त्यसक्रममा तीन कर्मचारीको नतिजा पोजिटिभ आएको र बाँकी सबै ७९८ जनाको नेगेटिभ आएको सभामुखको सचिवालयले जनाएको छ ।

एन्टिजेन पोजिटिभ आएकाहरुलाई पीसीआर गर्न पठाइएको पनि जनाइएको छ ।

संघीय संसद्को नवौँ अधिवेशन आइतबार (भोलि)देखि सुरु हुँदै छ । अपराह्न ४ बजे नयाँ बानेश्वरमा दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको छ ।