कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार मुलुकभरमा ६८५८ जनाको पिसिआर परीक्षणबाट १३१० जनामा संक्रमण पुष्टि भएको छ भने ३२०८ जनाको एन्टिजेन परीक्षणबाट ५६५ जनामा पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २१६४ जना संक्रमणमुक्त भएका छन् । 

यस्तै २१ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९५२७ पुगेको छ । 

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ६६ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।