संखुवासभा / जिल्लाको खाँदबारी नगरपालिका वडा नं. ३ मानेभञ्ज्याङमा रहेको कोभिड १९ आइशोलेशन वार्डमा बुधबार भर्ना भएका विरामीको विहिबार नै डिस्चार्ज गरेको छ । घरैमा रहँदा समस्या भएसंगै बुधबार आइशोलेशन भर्ना भएका खाँदबारीका व्यवसायी गंगा चौलागाईंलाई विहिबार दिउँसो डिस्चार्ज गरेको हो ।
आइशोलेशन वार्डमा दिईने खानाका विषयमा प्रशासनलाई सुझाव दिंदा प्रशासनले उनलाई डिस्चार्ज गरेको हो । वार्डमा उपचार गराई रहेका चौलागाईं लगायतले प्रशसन समक्ष खाने व्यवस्थापनमा त्रुटि र लापरवाही रहेको सुधार गर्न अनुरोध गरेका थिए । उक्त विषयमा गुनासो गर्दा प्रशासनबाट खटिएको कर्मचारीबाट गाली गलौज गरेको समेत उनको भनाई छ । गुनासो गर्दा अंग्रेजीबाट अपाच्य शब्द प्रयोग गर्दै गाली गलौच गर्नको साथै डिस्चार्ज पेपर ल्याएर भर्ना भएको २४ घण्टा नपुगि दिनमा नै थमाएको उनको भनाई छ । उनीसंगै भर्ना भएका उनका श्रीमति जमुना चौलागाईंलाई पनि डिस्चार्ज गरेको छ ।
खाजामा कोरोनाका विरामीहरुलाई चिल्लो लगाएको चाउमिन दिएको र यस्ता चिल्लो नदिनुभए हुने, यसको सट्टा थुक्पा दिन सकन्थ्यिो भनेर गुनासो राखेका थिए । गुनासो राख्दा प्रशासनबाट तपाईले रोजे रोजेको खान मन भए आफै मगाएर मीठो मीठो खानु, हामी सक्दैनौं भनेर तथानाम गाली गरेको उनको भनाई छ ।
यता अस्पताल प्रशासनका प्रमुख दिपेश श्रेष्ठले विरामीको अवस्था अनुसार डिस्चार्ज गर्न मिल्ने भएकोले गरेको हुन सक्ने बताए । खाने कुरामा अस्पतालले ७ दिन सातै थरिका मेनु बनाई सोहि अनुसार दिईरहेको उनले बताए । हालसम्म कुनै पनि गुनासो नआएको समेत उनको भनाई छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिसस प्रमुख सुमन शाक्यले के भएको हो सबै बुझ्न बाँकी रहेको, के कारणले दुई दिनमा नै डिस्चार्ज पेपर दियो लगायतबा विषयमा बुझ्न अस्पताल नै जाने तयारी रहेको बताए ।