धरान / प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ३९७ जना कोरोना संक्रमित थपिएका छन् । 

सामाजिक विकास मन्त्रालयका अनुसार झापामा १५६, सुनसरीमा ११४, मोरङमा ९४, इलाम र धनकुटामा ७–७ जना छन् भने तेह्रथुम र उदयपुरमा २–२, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको हो । 

यता, सुनसरीको धरानमा ७८, इटहरीमा ३०, बराहक्षेत्रमा ३, रामधुनीमा १ र स्थानीय तह नखुलेका २ जनामा पनि संक्रमण देखिएको छ । मोरङको विराटनगरमा ५२, केराबारीमा २१, उर्लाबारीमा ६, सुन्दरहरैचामा ५, कटहरीमा ३, रतुवामाई र पथरीशनिश्चरेमा २–२, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ७ जना छन् भने धनकुटाको धनकुटा नगरपालिकामा ४, पाख्रिबासमा १ र स्थानीय तह नखुलेका २, तेह्रथुममा २, उदयपुरको चौदण्डीगढी र उदयपुरगढीमा १–१, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

झापाको विर्तामोडमा ४७, मेचीनगर र कनकाईमा २५–२५, भद्रपुर र दमकमा १५–१५, अर्जुनधारामा १०, शिवसताक्षीमा ५, बुद्धशान्तिमा ४, बाह्रदशी र स्थानीय तह नखुलेका ३–३, हल्दिबारीमा २, गौरादह र कमल गाउँपालिकामा १–१ जना छन् । 

ती मध्ये धरानमा मात्र ७८ जना थपिएका छन् ।

प्रदेश १ मा कोरोना संक्रमित हुनेको संख्या ७६ हजार १८९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ५०६ रहेको छ । यसैगरि, प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ३३८ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १५४ महिला र १८४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६९ हजार २९२ पुगेको छ ।

थप दुई हजार ३९८ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप दुई हजार ३९८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६ लाख ५८ हजार ७७८ पुगेको छ । सोमबार दुई हजार ३७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

थप सात हजार ५८ जनाको पिसिआर परीक्षण तथा तीन हजार ९५४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट एक हजार ६३९ तथा एन्टिजेनबाट ७५९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म ६ लाख २३ हजार १०५ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७८ सङ्क्रमित निको भएर घर फर्किएका छन् । 

काठमाडौँ उपत्यकामा ५८७ सङ्क्रमित थपिए 

काठमाडौँ उपत्यकामा पछिल्लो समय ५८७ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ४१०, ललितपुरमा ९७ तथा भक्तपुरमा ८० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

१२ सङ्क्रमितको मृत्यु    

पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १२ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ४१२ पुगेको मन्त्रालयले जनाएको छ ।